हालकाे सुचना

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

नेपालको भौगोलिक बिभाजन अनुसार हिमालपारीकाे जिल्ला भनेर परिचित हिमाली जिल्ला मुस्ताङ, जाेमसाेममा अवस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मुस्ताङको स्थापना २०५८ सालमा भएकाे हो । प्रारम्भमा याे स्वास्थ्य केन्द्र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद विभाग अन्तर्गत स्थापना भएकाे हो । संघीय गणत्रन्त्र स्थापना सँगै सात प्रदेश कायम पश्चात यस कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत रही प्रदेश कार्यालयकाे रुपमा रहेकाेमा हालै गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्थापना पछि भने यस कार्यालय प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश अन्तर्गत रहेर मुस्ताङ जिल्ला भर निःशुल्क स्वास्थ्य प्रवर्धनात्मक एवं रोग प्रतिकारात्मक तथा उपचारात्मक सेवा प्रदान गर्दै आइरहेकाे छ । विगतमा यस कार्यालयबाट यस जिल्ला भित्र रहेका लाेमान्थाङ आयुर्वेद औषधालय र कागवेनी आयुर्वेद औषधालयको समेत आर्थिक एवं प्रशासनिक जिम्मेवारी बहन गर्दै आइरहेकाेमा हाल संघीयता कार्यान्वयन पछी भने ति दुइ औषधालयहरु स्थानिय सरकार अन्तर्गत रहेका छन्।
हाल यस जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले मुस्ताङ जिल्लाकाे सदरमुकाम जाेमसाेम स्थित घरपझाेङ गाँउपालिका वडा नं ४ स्थित आफ्नै भवनबाट नियमित सेवा प्रदान गर्दै आइरहेकाे छ । मुस्ताङ जिल्लामा रहेका ५ पालिकाहरु मध्ये आयुर्वेद केन्द्र नरहेका २ पालिकाहरुमा आयुर्वेद सेवा प्रदान गर्न यस कार्यालय अन्तर्गत ३ वटा नागरिक आरोग्य सेवा केन्द्रहरु क्रमश: लाेघ्याकर दामाेदरकुण्ड गाँउपालिकाकाे चराङ, घरपझाेङ गाँउपालिकाे स्याङ र थासाङ गाँउपालिकाे काेवाङमा स्थापना भइ नियमित स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।


कार्यालय प्रमुख

sssss-232x250

डा. सरोज कुमार राय


९८५७६४०१५३
drsaroj2013@gmail.com

सूचना अधिकारी

डा. कृष्टिना गणेश

कविराज


९८५७६५१८०५

महत्त्वपूर्ण स्वास्थ्य दिवसहरू

कार्तिक कृष्ण त्रयोदशी

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती

माघ १

राष्ट्रिय योग दिवस

०७ अप्रिल

विश्व स्वास्थ्य दिवस

जून २१

अन्तराष्ट्रिय योग दिवस

१-७ अगस्त

विश्व स्तनपान सप्ताह

स्वास्थ्य भिडियाे

ग्यालरी

आयुर्वेद स्वास्थ्य केन्द्र मुस्ताङ

Shares