- भाँसा सुधार आरोग्यको आधार अभियान र स्वस्थ जीवनशैली कार्यक्रम, लोमान्थाङ
- राष्ट्रिय योग दिवस, २०८१
- भाँसा सुधार आरोग्यको आधार अभियान र स्वस्थ जीवनशैली कार्यक्रम, कोवाङ
- विश्व ध्यान दिवस (२१ डिसेम्बर)
- भान्सा सुधार आरोग्यको आधार अभियान र स्वस्थ जीवनशैली कार्यक्रम, छुसांग
- जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम
- सिफारिस गरिएको सूचना
- वैकल्पिक उम्मेदवार नियुक्ति सम्बन्धी सूचना
- नागरिक आरोग्य अभियान संचालन
- स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहिणीहरुका लागी भान्सा सुधार कार्यक्रम
- माननीय सामाजिक विकास तथा स्वास्थ्य मंत्रीज्यू द्वारा भान्सा सुधार हाते पुस्तिका बिमोचन
नेपालको भौगोलिक विभाजन अनुसार "हिमालपारिको जिल्ला" भनेर चिनिने हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा प्रदेश आयुर्वेद चिकित्सालय,मुस्ताङ अवस्थित छ । यस चिकित्सालयको स्थापना वि.सं. २०५८ सालमा तत्कालीन नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद विभाग अन्तर्गत भएको हो ।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् यो कार्यालय गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहत रहँदै आएकोमा, हाल गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रदेश स्तरीय चिकित्सालयको रूपमा क्रियाशील छ । यस चिकित्सालयले मुस्ताङ जिल्लाभरका सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य प्रवर्द्धनात्मक, रोग प्रतिकारात्मक तथा उपचारात्मक आयुर्वेद सेवाहरू निरन्तर प्रदान गर्दै आइरहेको छ ।
विगतमा यस कार्यालयले जिल्लास्थित लोमान्थाङ आयुर्वेद औषधालय र कागबेनी आयुर्वेद औषधालयको आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्दै आएकोमा, संघीयता कार्यान्वयन पश्चात् ती दुवै औषधालयहरू स्थानीय सरकार मातहत हस्तान्तरण भइसकेका छन् ।
साथै,मुस्ताङ जिल्लामा रहेका ५ पालिकाहरु मध्ये आयुर्वेद केन्द्र नरहेका २ पालिकाहरुमा आयुर्वेद सेवा प्रदान गर्न यस कार्यालय अन्तर्गत २ वटा नागरिक आरोग्य सेवा केन्द्रहरु क्रमश : लाेघ्याकर दामाेदरकुण्ड गाँउपालिकाकाे चराङ र थासाङ गाँउपालिकाे काेवाङमा स्थापना भइ नियमित नागरिकहरूलाई गुणस्तरीय आयुर्वेद स्वास्थ्य सेवा प्रवाह भइरहेको छ ।
-
भौगोलिक उपस्थिति: हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा अवस्थित ।
-
स्थापना: वि.सं. २०५८ (तत्कालीन नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद विभाग मातहत) ।
-
वर्तमान प्रशासनिक संरचना: गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय मातहत प्रदेश स्तरीय कार्यालय ।
-
प्रमुख सेवाहरू: जिल्लाभर निःशुल्क स्वास्थ्य प्रवर्द्धनात्मक, रोग प्रतिकारात्मक र उपचारात्मक आयुर्वेद सेवा ।
-
स्थानीय तह मातहत हस्तान्तरित निकायहरू: लोमान्थाङ आयुर्वेद औषधालय र कागबेनी आयुर्वेद औषधालय ।
-
हाल सञ्चालित नागरिक आरोग्य सेवा केन्द्रहरू:
-
नागरिक आरोग्य सेवा केन्द्र, कोबाङ
-
नागरिक आरोग्य सेवा केन्द्र, चराङ
-
प्रकाशित मिति :
२०८१ चैत्र १६ गते , शनिबार
प्रकाशित मिति :
२०८१ चैत्र १६ गते , शनिबार
प्रकाशित मिति :
२०८१ मंसिर २५ गते , मंगलबार
प्रकाशित मिति :
२०८१ जेष्ठ ४ गते , शुक्रबार
प्रकाशित मिति :
२०८१ वैशाख ३० गते , आइतबार
आईतवार - विहिबार
विहान १०:०० देखि ५:०० सम्म
शुक्रवार
विहान १०:०० देखि ३:०० सम्म
सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहने छ




















